arrow

मृत्युपर्यन्त तीन नेपालीले पाए राष्ट्रसङ्घीय अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
nepal-UN-mission.jpeg

वासिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ पुर्‍याएको योगदानलाई कदर गर्दै मृत्युपर्यन्त नेपाली शान्ति मिसनका तीन जनालाई ‘ड्याग हयामर्सोल्ड’ स्मृति अवार्डले सम्मान गरेको छ । उक्त अवार्ड राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुर्टोसले बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलाई हस्तान्तरण गरे । 
 
‘पिस किपर्स डे’का अवसरमा बिहीबार राष्ट्रसङ्घको मुख्यालयमा आयोजित कार्यक्रममा शान्ति स्थापनार्थ गत वर्ष विभिन्न मितिमा वीरगति प्राप्त गरेका नेपाल प्रहरीका उमेशकुमार मेहत्तर (सुडानमा), सैनिक पिताम्बर थापा (युनिफिल लेवनानमा) र सैनिक दीपेन्द्र बस्ती (साउथ सुडानमा) लाई उक्त अवार्ड प्रदान गरिएको थियो । 

कार्यक्रममा सहभागी राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका सैनिक सल्लाहकार जगदीश खड्काले दिएको जानकारीअनुसार हालसम्म नेपालका ८२ शान्ति सेनाले सहादत प्राप्त गरिसकेका छन् । उनकाअनुसार हाल विभिन्न देशमा पाँच हजार ८०४ नेपाली राष्ट्रसङ्घको शान्ति मिशनमा कार्यरत छन् । 
 
राष्ट्रसङ्घको सन् २००२ को साधारणसभाले मे २९ लाई राष्ट्रसङ्घीय शान्ति स्थापना अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने विषयलाई अनुमोदन गरेको थियो । विश्वभर शान्ति स्थापनाका लागि जीवनउत्सर्ग गर्ने महानुभावको योगदानको स्मृतिमा अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । 

राष्ट्रसङ्घको निलो झण्डा मुनि आबद्ध भएर शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षार्थ सन् १९४८ देखि खटिएका चार हजार शान्ति सेनाले आफ्नो ज्यान गुमाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ