arrow

निर्वाचित जनप्रतिनिधिलाई उपसभापतिको निर्देशन- व्याक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
purna-bahadur-khadka-792497292.JPG

चितवन ।  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससबाट निर्वाचित जनप्रतिनिधिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् । कांग्रेसस चितवनले आज यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा उनले जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताए ।

उनले भने, “२०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो स्वार्थमा लागेर सेवा सुबिधातर्फ मात्रै केन्द्रित भएको गुनासो छ । यस्ता गुनासा नआउने गरी काम गर्नुस् ।” 

स्थानीय जनप्रतिनिकिा आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उनले कांग्रेससबाट निर्वाचित जनप्रतिनिधिले कांग्रेसको घोषणापत्र र विचार बोकेर काम गर्नुपर्ने बताए ।

देशमा दिगो शान्ति कायम गर्नका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै उनले यसका लागि स्थानीय सरकारको कामको मूल्याङ्कनबाट मात्रै सम्भव हुने बताए । पदमा पुगेर काम नगर्ने परिपाटीले समस्या आउने गरेको उनको भनाइ थियो । 

कांग्रेसबाट टिकट पाएर पराजित भएका प्रत्यासीले छायाँ सरकारको रुपमा काम गर्नुपर्ने बताए । उनले भने, “निर्वाचन हारेपछि सुत्नका लागि कांग्रेससले टिकट दिएको होइन । अझै सक्रियता बढाउनुपर्छ, जसले गर्दा विकासमा आफ्नो पनि भूमिका देखियोस् ।” पाँच वर्षसम्म स्थानीय तहको निगरानी र खबरदारी आवश्यक रहेको उनको भनाइ थियो ।

फरक प्रसंगमा बोल्दै उपसभापति खड्काले अहिलेको गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन हुने बताए । उनले थपे, “यही गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन गरेर दुई तिहाइ बहुमत ल्याउनुपर्छ ।” 

गठबन्धनबाट निर्वाचन गरेर कांग्रेसलाई पहिलो शक्ति बनाउने उनले बताए । स्थानीय तहको निर्वाचनमा देखिएको कम्जोरी सबैले स्वीकार गर्दै आगामी कार्यक्रम बनाउनु पर्ने बताए ।

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए । उनले भने, “निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय गर्नुपर्ने हुन्छ ।” 

गठबन्धनको निर्णयलाई असर गर्ने अभिव्यक्ति नदिन कांग्रेस नेता कार्यकर्तालाई उनले आग्रह गरे । केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ्ले जनप्रतिनिधि आफू खुशी चल्ने परिपार्टीले पार्टीलाई क्षति पुग्ने बताए । 

सो अवसरमा कांग्रेसस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, कांग्रेसका जिल्ला उपसभापति राजिव न्यौपाने, महासमिति सदस्य गीता देवकोटा, जनप्रतिनिधि भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर महानगरपालिका-१५ का अध्यक्ष श्रीकृष्ण देवकोटा लगायतले नवनिर्वाचित प्रतिनिधि महानगरको विकासमा लाग्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ