- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।
सरकारले भोलि आर्थिक वर्ष २०७९–०८० को बजेट सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रमबाट आएका सुझावलाई समेटेर बजेटमा समावेश गरिने बताइएको भए पनि छलफल अझै सकिएको छैन ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने नीति तथा कार्यक्रमको चर्को आलोचना गरेको छ ।