arrow

'प्रकाश र अन्धकारबीच रोज्ने काम तपाईँको' 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
suwesh-ji-.jpg

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महान् सत्सङ्ग समारोह २०७९ सम्पन्न भएको छ । संत्सग समारोहलाई अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व श्री विभूजी महाराजजीले मानव जीवनमा अध्यात्मको महत्त्व र जीवनलाई सहज बनाउन के गर्न सकिन्छ भनेर मार्गदर्शन दिएका थिए। 

कोरोना महामारीको कारण विगत ३ वर्षदेखि नेपालमा मानव धर्मले आफ्नो आध्यात्मिक कार्यक्रम आयोजना हुन सकेको थिएन। 

'हामी जुन कोरोना कालबाट गुज्रिएका छौ । त्यो सकियो अब हामी त्यसलाई बिर्सिएर नयाँ सोच उमङ्गका साथ जीवनलाई अगाडि लिएर जानुपर्नेछ । धेरै प्रयोगात्मक रूपमा महान् पुरुषहरूले सम्झाएका छन् । कामना अधीनमा हामी जीवन जी रहेका छौ । जुन भोगले जीवन जिइरहेका छौ एक दिन हामी भन्छौ अब यहाँ भन्दा होइन । जो भौतिकवादी छन् ती अन्त्य समय सम्म त्यसैलाई भोग्नेछन् तर जसले बीचमा तत्वज्ञानलाई जाने उनीहरू बीचैमा रोकिएर आफ्नो आत्माको कल्याण गर्नेछन्' उनले भने ।

उनले ब्रह्माण्डलाई सम्झनलाई गाह्रो भए पनि आफूभित्र भएको त्यो चेतनालाई सम्झन खोज्नुपर्ने बताए । जहाँ संसार छ त्यहाँ संसारको बन्धन रहेको छ । तर हामी त्यो बन्धन भन्दा बाहिर निस्कने प्रयास गर्नुपर्छ यदि संसारमा मोह नहुने भए हामी पनि खुशी खुशी संसार छोडेर जाने थियौ ।'

त्यति संसारको मोहमा मस्त रहेको बताउँदै उनले भने,' धेरै मानिसले सबै दुख कम होस भन्ने चाहन्छन् । त्यो त संसार छोडेर जानुमा मात्र छ । तर के हामी जान तयार छौ । छैनौ भने यस संसारको खिचातानी, मोहमा छौं । सिद्ध पुरुषले आउँदा र जाँदा केही दुख मानेनन् संसारलाई हाँसी हाँसी छोडेर गए ।'

'एक पलमै हामी भगवान्सँग फल माग्छौ भने भने अनुसार नपुगे आफ्नै इष्टसँग टाढा हुन्छौ । फेरी दुख परे हामी पुन त्यही शरणमा पुग्छौ । यसको कारण मन हो । मानिसको सबैभन्दा समस्याको कारण मन हो । त्यसैले महान् पुरुषहरूले ध्यान गर्नलाई सुझाव दिए ।'

उनले संसारमा प्रकाश र अन्धकार दुई मार्ग रहेको बताए। 'आज हामी भित्र धेरै बदलाव आएको छ । हामी भित्र दुई ब्वाँसो रहेका छन् । जुन लडिरहन्छन् । एक दया माया करुणा प्रेम सहयोग जसलाई राम्रो ब्वाँसोको रूपमा भनिएको छ । अर्को अन्धकार क्रोध, ईर्ष्या, अहङ्कार, नोक्सान चाहने अन्धकार ब्वाँसो छन् । ती विद्वान भन्छन् यी दुवै सधैँ लडिनै रहन्छन् प्रकाश र अन्धकारबीच सधैँ लडाइ चल्छ । र तीनै ब्वाँसोले जित्ने छन् जसलाई तिमिले खुवाउनेछन् । यही जीवनको सबैभन्दा ठुलो कुरा हो ।'  

उनले महान् पुरुषहरूले चलेको मार्गमा चल्नुपर्ने बताउनछन्। 'त्यसैले शास्त्रहरूले हामीलाई सम्झाएका छन् । महा जनो यन पन्था। जुन मार्गमा महापुरुष चले त्यही मार्गमा चल । आध्यात्मिक र भौतिक जगत बेग्लाबेग्लै छैन । त्यो भोग्ने एकै व्यक्ति हो । हामी प्रभु सच्चा नाममा जोड दिनुछ । स्वाँसको माध्यमबाट त्यो सम्भव हुन्छ ।'  

No description available.

सन्त महात्माहरूले ज्ञान भक्ति र कर्मको त्रिवेणिद्वारा मानव जीवनलाई सहज सरल र आनन्ददायक बनाउनुपर्ने बताए । सङ्गम श्रुति साङ्गीतिक समूहले प्रस्तुति गरेको थियो । कार्यक्रममा तीन हजार बढी भक्त समुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा बालसभाका बालबालिकाले नृत्य नाटक प्रस्तुत गरि भक्त समुदायलाई प्रफुल्लित परे ।  



नयाँ