arrow

चौध वर्षीया बालिका बलात्कृत, ४४ वर्षे तारा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
Arrest-Crime.jpg

ओखलढुंगा । ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको मोलुङ गाउँपालिका ५ बस्ने ४४ वर्षीय तारानाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो । उनलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ