arrow

३० प्रतिशतले रोजगारी वृद्धि गर्ने, मानव विकास सुचांक ०.६५ पुर्याउने सरकारको लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
budget-2022.PNG

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आज अहिले संसदमा आगामी आर्थिक वर्ष  २०७९/८० को बजेट भाषण गरिरहेका छन् । बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले नयाँ बजेटले उत्पादनमा आधारित अर्थतन्त्र निर्माण, उच्च आर्थिक वृद्धि हासिल गर्ने, रोजगारी सिर्जना र गरिबी निवारण गर्ने उद्देश्य राखेको बताएका छन् ।

सो अनुसार उनले मर्यादित रोजगारी वार्षीक ३० प्रतिशतका दरले वृद्धि गर्ने बताएका छन् । यस्तै बजेटले वार्षीक ८ लाख नेपालीलाई निरपेक्षित गरिबिबाट माथि ल्याउने लक्ष्य राखेको उनले बताएका छन् ।

यस्तै आधारभुत कृषि उत्पदन, धान गहुँ मकै तरकारी, र फलफुलको आयात आगामी वर्ष न्युनतम ३० प्रतिशत कम गर्ने , आगामी वर्ष निर्यात दोब्बर गर्ने, आयात न्युनतम २० प्रतिशतले घटाउने र आगामी ५ वर्षमा व्यापार सन्तुलन कायाम गर्ने उद्देश्य उनले बताएका छन् । बजेटमार्फत देशले मानव विकास सुचांक ०.६५ पुर्याउने उद्देश्य राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ