- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । वालेन्द्र साहले काठमाडौं महानगरपालिकाको प्रमुख पदमा शपथ लिएका छन् । राष्ट्रिय सभा हलमा आयोजित प्रमाण पत्र वितरण तथा शपथ ग्रहण समारोहमा स्वतन्त्र उम्मेदवार वालेन्द्रले शपथ ग्रहण गरेका हुन् ।
मुख्य निर्वाचन आधिकृत तथा जिल्ला न्यायधिश राजकुमार खतिवडाले नवनिर्वाचित भएको प्रमाणपत्र दिँदै शपथ गराएका थिए । वालेन्द्रले नेपाली र नेवारी भाषामा पनि शपथ लिएका थिए । यो सँगै उनी कामपाको मेयर बनेका छन् ।
साथै उपमेयरमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुनिता डङ्गोलले पनि शपथ लिएकी छन् । उनलाई वालेन्द्रले शपथ गराएका थिए । सुनीताले नेवारी भाषामा शपथ लिएकी थिइन् ।