arrow

गोदावरीमा ऐर दम्पती मृत फेला, हत्यापछि आत्महत्याको शंका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
hatya-murder.jpg

गोदावरी । कैलाली गोदावरी नगरपालिका-७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका-७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।

श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

उनले घटनाको प्रकृति हेर्दा श्रीमान्ले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने जानकारी दिए । घटनास्थलमा एउटा खुकरी फेला परेको बताउँदै प्रहरी निरीक्षक जोशीले भने, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ