arrow

इतिहास मै वेअर्थको बजेट प्रस्तुत भयो : संसद तामाङ

५ खरबको ऋण लिएर कसरी चल्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
shre-bahadur-tamang-ncp.jpg

काठमाडौं । नेकपा एमालेका संसद शेरबहादुर तामाङले इतिहास मै पहिलो पटक वेअर्थको बजेट प्रस्तुत भएको बताएका छन् । प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफलमा तामाङले यस्तो बताएका हुन् । 

पूर्वमन्त्री तामाङले भने,' यो बजेटले उत्साह केके न दिन्छ भनेर माननीय सांसदले बोलिन रहनुभएको छ । अब राम्रो दिशा पनि केही छैन । लक्ष पनि देखिँदैन । बेअर्थ बजेट प्रस्तुत भयो इतिहासको पहिलो पटक ।' 

उनले बजेटले आयत मुखी भएको आरोप लगाए । उनले भने,' यो बजेटले सबैभन्दा बढी आयातमै फोकस गर्छ निर्यातमा गर्दैन । सबैभन्दा बढी यो बजेट आयतमुखी छ निर्यातमुखी होइन । अर्को तर्फ बजेटको वितरण कन्जुस भान्सेले बाडेको जस्तै भएको छ । कहि समन्वय पनि छैन समानुपातिक पनि छैन । बढ्दा त कमसे कम बढ्नु नि सबैलाई मिलाएर पुग्ने गरि । यसो सबैलाई भाग पुगोस् ।'

५ खरबको ऋण लिएर चलाउने अनि कसरी चल्छ भनी सरकारलाई उनले प्रश्न गरेका छन् । 'धेरै कांग्रेसका साथीले ऋण लिएर चल्छ भनेर घोक्रो फुलाएका थिए । तर यो सिंगै बजेटको २८ प्रतिशत भन्दा बढी ऋण लिएर चलाउने आट अर्थमन्त्री ज्यूले गर्नुभएको छ । धन्नै धन्ने ५ खरबको ऋण लिएर चलाउने अनि कसरी चल्छ ।' उनले भने । 



नयाँ