arrow

वार्षिक ५० लाख पर्यटक भारत र चीनबाटमात्रै भित्र्याउन सकिने विनोद चौधरीको दाबी  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
binod-chaudhary-parliament-02-17.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका बताएका छन् । 

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९–०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले पूर्वाधारको क्षेत्रमा विकास गर्न सकिएमा भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका हुन् । 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा थप दश लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भनी बजेट भाषण गरेकामा सांसद चौधरीले थप दश लाख हैन ५० लाख भित्र्याउन सकिने बताएका हुन् । 

उनले भने, ‘‘पोखरा भैरहवा एयरपोर्ट संचालन हुन लागेको परिप्रेक्षमा दश लाख थप टुरिष्ट ल्याउने एउटा स्पष्ट व्यवस्था बजेटले गर्नु दश लाख अहिले भइराखेको र अर्को दश लाख थप भन्दा खेरी २० लाख मात्र भो । मैले पैरवी गर्ने गरेको छु कि सभामुख महोदय नेपालले चाइना र भारतबाट मात्रै पनि ५० लाख टुरिष्ट ल्याउन सक्छ ।’

यो सम्भव रहेको भन्दै उनी अगाडि भन्छन्, ‘यदि हाम्रा कार्यक्रमहरु उनीहरुलाई ह्याण्डल गर्ने तरीकाहरु, उनीहरुलाई चाहिने पूर्वाधारहरु र पूर्वाधारमा संलग्न हुने निजी क्षेत्रका ती व्यवसायीहरुलाई साथमा लिएर हिँड्न सक्यो भने । मलाई लाग्छ कि बजेटले ठ्याक्कै त्यही नै दृष्टिकोण लिएको छ ।’

सरकारले पूर्वपश्चिम राजमार्ग चार लेनको बनाउने बजेट ल्याउनु सकारात्मक भएको भन्दै उनले प्रदेश सरकारलाई जिम्मेवार र अधिकार दिनुपर्ने बताए । 

स्थानीय तहकै कारण कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलता हात लागेको बताउँदै उनले आर्थिक विकास र बेरोजगार कम गर्न प्रदेशलाई जिम्मा दिनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ