arrow

भारतको नेएडा विश्वविद्यालयको कार्यालय नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
noida.PNG

काठमाडौं । भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआएयू)ले नेपालमा क्षेत्रीय कार्यालय खोली आफ्नो सेवा विस्तार गरेको छ । नेपालको काठमाडौंमा रहेको इ स्पट ग्रुपसंग मिलेर एनआएयूले सेवा शुरु गरेको हो । 

सोमबार नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालयका उपकुलपति प्रो.डा. उमा भारद्वाज र इ स्पट ग्रुपका प्रबन्ध निर्देशक राकेशकुमार वैद्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् । 

उद्घाटन कार्यक्रममा बोल्दै विश्वविद्यालयकी उपकुलपति भारद्वाजले नेपालमा खोलीएको शाखाले नेपाल र भारतको सम्बन्धलाई बलियो बनाएको बताइन् । उनले भनिन्, ‘विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीहरूले यो भन्दा अघि धेरै खालको दुःख भोग्नुपरेको थियो । तर अब नेपालमा नै सबै जानकारी पाइने भएपछि उनीहरूले कुनै किसिमको समस्या खेप्नु पर्दैन ।’ 

कार्यक्रममा पोखरा युनिर्भसिटिका उपकुलपति प्रो. डा. प्रेम नारायण अर्यालले चाडै नै पोखरा युनिर्भसिटिले पनि एनआएयूसंग सहकार्य गरी पठन पाठन अगाडि बढाउने बताए । 

इ स्पट ग्रुपका प्रबन्ध निर्देशक राकेशकुमार वैद्यले एक लाख भन्दा बढी विद्यार्थीलाई विदेशमा पढ्न पठाई सकेको जानकारी दिँदै भोलिको दिनमा यो कार्यले अझ निरन्तरता पाउनेमा सबैलाई विश्वस्त पारेका थिए । 

कार्यक्रममा विश्वविद्यालयको पाठ्यक्रम, शैक्षिक उत्कृष्टता, पूर्वाधारको बारेमा पनि छलफल भएको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल स्थित भारतीय राजदूतावास विभिन्न काउन्सिल परामर्श संघ, परामर्श दाताको कार्यक्रममा सहभागिता रहेको थियो । 

नेएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय युजिसि मान्यता प्राप्त विश्वविद्यालय हो । विश्वविद्यालय अन्तर्गत ७५ वटा क्याम्पसले दर्जन बढी शैक्षिक विभागबाट ५४ राष्ट्रका विद्यार्थीलाई शिक्षा दिँदै आएको छ । 

यहाँ स्नातक, स्नातकोत्तर र विद्यावारिधिसम्मका शिक्षा दिनुको साथै पाठ्यक्रमहरू पनि तयार पारिन्छ । विश्वमा छुट्टै पहिचान बनाउन सफल यस विश्वविद्यालयका बारेमा अब इ स्पट ग्रुपबाट सबै खालका जानकारी लिनुका साथै भर्ना प्रक्रिया पनि अगाडि बढाउन सकिन्छ । 

यो ग्रुपले कन्सल्टेन्सीको रुपमा २३ वर्षदेखि सेवा दिँदै आएको भएता पनि २०१६ देखि शिक्षा मन्त्रालयबाट स्वीकृति लिई परामर्श सेवा प्रदायक केन्द्रको काम गदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ