सिन्धमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १३ घाइते
एएनआई,
प्रकाशित २०७९ जेठ १७ मंगलबार
600
Shares
इस्लामाबाद [पाकिस्तान] । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिक मङ्गलबार बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनाको साथै १३ यात्रु घाइते भएका छन्।
बस पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरबाट दक्षिणी बन्दरगाह शहर कराँची जाँदै गर्दा बाटोमा पल्टिएको सिन्ह्वाले जनाएको छ। दुर्घटनामा परेका सबैलाई स्थानीयअस्पतालमालगिएको मोटरवे प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई बताएको छ ।
मोटरवेप्रहरीका अनुसार घाइते अधिकांश यात्रुहरू सिन्धका विभिन्न शहर र देशको पूर्वी पञ्जाब प्रान्तकारहेको सिन्ह्वालेउल्लेख गरेको छ।
मुख्यतयाखराब सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरू हुने गर्दछन् ।