arrow

राउटेलाई भत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
new-money.jpg

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ५ बाँका थलहमा बस्दै आएका राउटेलाई गुराँस गाउँपालिका वडा नं. ८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । 

वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पाँच वर्ष अघि गुराँस गाउँपालिका वडा नं. ८ ले परिचयपत्र वितरण गरेको थियो । बसाइ सर्ने क्रममा राउटे परिवार जाजरकोटको छेडागाड नगरपालिका-५ बाँका थलह पुगेका हुन् । 

चालिस परिवारका १४४ जनालाई माघ, फागुन र चैतको प्रतिव्यक्ति रु चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष ओलीले बताए ।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासका क्षेत्रमा राउटे समुदायको बसोबास रहेको छ । अधिकांश दैलेखमा बस्दै आएका छन् । उनीहरुलाई सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका वडा नं. ८ वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ