arrow

राप्तीसोनारीका सबै क्रसरको कागजात माग गर्दै गाउँपालिका 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
raptisonari-palika.PNG

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका कार्यपालिकाको बैठकले विभिन्न सात वटा निर्णय गरेको छ ।

पालिकाका अध्यक्ष तप्त पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न सात वटा निर्णय गरेको प्रशासकीय प्रमुख सिंहराज डाँगीले जानकारी दिए । 

उनका अनुसार पालिकाले नदीजन्य पदार्थ नियमन तथा व्यवस्थापनका लागि अनुगमन गर्ने भएको छ । प्राविधिक कर्मचारी र सुरक्षा निकायको प्रतिनिधिको रोहवरमा पालिका भरका सबै घाट गद्दी नाप जाँच गरी यकिन गर्ने निर्णय गरेको छ । 

यस्तै क्रसर उद्योगहरूको स्थलगत अनुगमन गर्ने र आवश्यक कागजात माग गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले खैरी खोला, मुगुवा खोला, टिकुलीपुर घाट, सिधनिया घाट, बग्दैलाघाट, लालपुरमा, आलिनगर, खल्लाटपरी घाट, जलालाघाट, नरुवा खोला र झिझरी खोलामा उत्खनन र सङ्कलनको काम निषेध गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ