arrow

ललितपुर समन्वय समिति प्रमुखमा फुँयाल निर्विरोध, कांग्रेस र माओवादीको भागबण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
rishidev-fuyal-congress-lalitpur.jpg

काठमाडौं । नेपाली कांग्रेस ललितपुरका सहसचिव ऋषिदेव फुँयाल जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित भएका छन् । बुधबार निर्वाचन आयोगमा एमालेले कुनै पनि पदमा आफ्नो तर्फबाट मनोनयन दर्ता नगराएपछि जिल्ला समन्वय समिति ललितपुरमा ९ वटै सिटमा अध्यक्ष, उपाध्यक्षसहित सबै उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका हुन् । 

दलीय भागबण्डा अनुसार कांग्रेसले अध्यक्ष र ५ जना सदस्य पाएको छ भने माओवादी केन्द्रले उपाध्यक्ष र २ जना सदस्य पाएको छ । उपाध्यक्षमा माओवादीका रामलाल थिङ, सदस्यहरुमा शोभा महर्जन, सादुराम श्रेष्ठ निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट सदस्यमा दिनेश घोरासाइने, हरिहर कार्की, सुबेरबहादुर पहरी, गीता खड्का र शोभा कार्की निर्वाचित भएका छन् । नेकपा एकीकृतको तर्फबाट वडामा निर्वाचित सदस्यहरु समन्वय समितिमा बस्न नचाहेका कारण नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन भएको हो । 

ललितपुरमा ६ स्थानीयमध्ये नेपाली कांग्रेसका प्रमुख, उपप्रमुखसहित ७, एमालेका प्रमुख उपप्रमुखसहित ३ र माओवादी केन्द्रका २ जना उम्मेद्वारहरु उपप्रमुखमा निर्वाचित भएका थिए ।

जिल्ला समन्वय समितिको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखलाई मात्र मतदानको अधिकार हुने भएकाले गठबन्धनको पक्षमा ९ मत हुने भएका कारण एमालेले आफ्नो पार्टीको तर्फबाट उम्मेद्वारी नदिने निर्णय गरेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ