arrow

बजेटले थप सङ्कट ल्यायो, बुढीगण्डकी गिजलियो : ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
gyawali2.jpg

काठमाडौं ।  नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थिरता दुवै ल्याएर थप सङ्कट ल्याएको बताएका छन् । आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलमा भाग लिँदै ज्ञवालीले यस्तो बताएका हुन् । 
  
बजेटमाथिको छलफलमा सांसद ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थिरता दुवै ल्याएर थप सङ्कट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको बताए । उनले वर्तमान विश्वमा आर्थिक सङ्कट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट ल्याउनुपर्नेमा अर्थमन्त्रीले सो कुरालाई ध्यान नदिएको धारणा राखे । 

उनले एमसीसी पछि बुढीगण्डकी गिजोलेको आरोप लगाए । उनले भने,‘हिजो के देखेर चीनलाई दिने भन्यौँ। आज के देखेनौँ, पाएनौ फेरि नदिने भन्यौँ। हिजो आफैँ सरकारमा रहँदा हस्ताक्षर गर्‍यौँ एमसीसी, एमसीसीमा तीन वर्षसम्म आफैँले फेरि त्यसको विरुद्ध आगो बाल्यौ । यसले लगानी कर्तालाई विश्वासको वातावरण बनाउँदैन, सन्देश दिँदैन।’

उनले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताए । बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै भने, “बजेट ठूलो आकारको छ, यो चुनावी वर्ष हो, चुनाव गर्ने छलफलमा तपाईँहरू आफैँ आयात घटाउँछु भन्नुहुन्छ, राजस्व बढाउँछु भन्नुहुन्छ, तर हाम्रो सबैभन्दा ठूलो राजस्व नै आयातबाट छ ।” 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ