arrow

नेयमारको दुई गोलले दक्षिण कोरियामाथि ब्रजिलको फराकिलो जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
brazil-football-neymar.jpg

काठमाडौं । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा ब्राजिलले एसियाली राष्ट्र दक्षिण कोरियालाई पराजित गरेको छ । कोरियाको घरेलु मैदान सोलको संगम वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिल ५–१ ले हराएको हो । 

ब्रजिललाई जिताउन नेयमारले दुई गोल गरे । उनले दुवै गोल पेनाल्टीमार्फत गरेका थिए । एकतर्फी खेलेको ब्रजिलले सातौं मिनेटमा रिचरलिसनको गोलबाट अग्रता लिको थियो । ३१ औं मिनेटमा ह्वाङ हि चेनले दक्षिण कोरियाका लागि बराबरी गोल गरे । 

नेयमारले ४२ औं मिनेटमा गोल गर्दै २–१ ले अग्रता दिलाए । ५७ औं मिनेटमा नेयमारले दोस्रो गोल गरे । ८० औं मिनेटमा फिलिप कौटिन्होले चौथो गोल गरे । इन्जुरी समयमा जिसस ग्याब्रियलले गोल गरे ।  

ब्रजिल फिफा वरियताको शीर्ष स्थानमा रहेको छ भने कोरिया २९ औं स्थानमा रहेको छ । 

अन्तर्राष्ट्रिय मैत्रिपूर्णमा बिहीबार अमेरिकाले मोरक्कोलाई ३–० ले, जापानले पाराग्वेलाई ४–१ ले तथा कम्बोडियाले टिमोर लेस्टेलाई २–१ ले हरायो । 

आज राति नेपालले ओमानसँग खेल्दैछ । 
 



नयाँ