- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । हेलिकप्टरमा दुई पाइलट राख्न असम्भव भन्ने समाचारपछि सङ्घ गम्भीर ध्यानाकर्षण जनाएको हो।
सङ्घका अध्यक्ष क्या. रामेश्वर थापाको हवाला दिई एकल इन्जिन भएका होलिकप्टरहरुमा दुई पाइलट राख्न सकिन्न भन्ने प्रसारित समाचार संवाद नै नगरी उक्त समाचार प्रकाशित गरिएको समेत सङ्घले जनाएको छ ।
हालका दिनहरूमा सङ्घबाट भए गरेका कामहरूको केही सीमित व्यक्ति तथा समूहबाट आफ्नो स्वार्थ परिपूर्तिका लागि नकारात्मक रूपमा टिप्पणी गरि भ्रम फैलाउने कार्य भइरहेकोले सङ्घको आधिकारिक धारणा नआएसम्म समाचारहरूमा विश्वास नगर्न आग्रह गरेको छ ।
एक इन्जिन भएका हेलिकप्टरहरूमा २ जना पाइलट व्यवस्था पुनर्विचार गर्नुपर्ने सङ्घको ठहर छ । नेपालमा सञ्चालनमा रहेका हेलिकप्टरहरू देशका नियामक निकायबाट एकल सञ्चालकका लागि स्वीकृत प्राप्त बायु यान रहेको जानकारी गराएको छ ।