arrow

संसारभर मूल्यवृद्धि हुँदा त्यसको असर नेपालमा पर्‍यो : सांसद राजभण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २१ शनिबार
dibyamani-rajbhandari.gif

काठमाडौँ। सांसद दिव्यमणी राजभण्डारीले संसारभर मंहगी बढिरहेका कारण त्यसको असर नेपालमा पनि देखिएको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आफ्नो धारणा राख्दै उनले संसारभर फैलिएको कोरोना भाइरस, मंकीपक्स र युद्धहरूका कारण मूल्यवृद्धि भएका कारण त्यसको असर नेपालमा परिरहेको बताएका हुन्।

नेपालमा प्रचलनमा भए अनुसार पेट्रोलियम पदार्थको मूल्य घट्ने र बढ्ने प्रथा भइरहेको अर्थात् कष्ट बढ्ने र घट्ने क्रमका कारण वर्षको एक चोटि दुई चोटि भाउ बढ्ने भएकाले अहिलेको अवस्था आएको बताए।

उनले भने,‘सरकारले राजश्व घटाएर पेट्रोलियम पदार्थको मूल्य घटाइसकेको अब अझै कसरी भाउ घटाउँदै जान सकिन्छ वा व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा जरुरी छ। पेट्रोलियम पदार्थको अमाउन्ट धेरै बढ्ने भएको र त्यसबाट राजश्वको अमाउन्ट पनि बढ्ने भएकाले त्यसलाई घटाउन सकिन्छ।

आयल नियमको व्यवस्थापनमा सुधार, चुहावट नियन्त्रण गर्ने वा अन्तर्राष्ट्रिय बजारबाट ग्रुडायल किनेर ल्याएर भारतमा रिफाइनरी गरेर प्रशोधन र्ने कि नेपालले अर्को रिफानरी खोलेर प्रशोधन गरी जनतालाई सस्तोमा सुविधा दिने हो सोच्नुपर्छ।’

सांसद राजभण्डारीले राज्यको एकाधिकार बढेको उल्लेख गर्दै रिइन्स्योरेन्स कम्पनी दर्ता गरेर सञ्चालनमा ल्याउने प्रचलन रहेको भए पनि रातारात केही व्यापारीको हितका लागि अर्को इन्स्योरेन्स कम्पनी ल्याइएकोप्रति प्रतिपक्षी दलका सांसदहरूलाई प्रश्न गरे।
उनले खुल्ला बजार अर्थतन्त्र आइसकेपछि बैङ्किङ र हवाई यातायातमा प्रतिस्पर्धा गर्दा जनतालाई कति फाइदा भयो भन्ने कुरा ख्याल गर्न आग्रह गरे। उनले नियम बनाएर जुनसुकै कम्पनीहरू प्रतिस्पर्धामा ल्याउँदा विरोध गर्न नहुने बताए।

मूल्यवृद्धि नियन्त्रणका लागि सबै जना एकजुट हुनुपर्ने बताउँदै राजभण्डारीले विभिन्न खाले समस्याहरू हल गर्न एउटा सार्वजनिक समिति आवश्यक भएको पनि औँल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ