arrow

हचुवामा साइकल लेन बनाउन नहुने वालेन्द्रको भनाइ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २१ शनिबार
balen-sah-kathmandu.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर वालेन्द्र साहले अध्ययन बिना साइकल लेन बनाउन नसकिने जनाएका छन् । साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् ।

‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भने, ‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छ ।  फुटपाथ जस्तै बार लगाएको हुन्छ अनि सुरक्षित महसुस हुन्छ । गाडीहरुको  स्पिड बढी हुने भएकाले दुर्घटनाको सम्भावना बढी हुन्छ ।  सुरक्षा पहिलो मुद्दा हुनुपर्छ ।’

उनका अनुसार हचुवाको भरमा साइकल लेन बनाउने भन्दा पनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ