arrow

नेसन्स कपमा अप्रत्याशित नतिजा आउने क्रम जारी, इङ्गल्याण्ड पनि हार्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
england-hungary-football.jpg

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा अप्रत्याशित परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो समय इङ्गल्याण्ड पनि पराजित भएको छ । 

समूह चरण अन्तर्गत लिग ए समूह ३ को शनिबार राति भएको खेलमा इङ्गल्याण्डलाई हंगेरीले १–० ले हराएको हो । हंगेरीलाई जित दिलाउन डोमिनिक सोबोस्लियाले निर्णायक गोल गरे ।

उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् । हंगेरीले सन् १९६२ पछि पहिलो पटक इङ्गल्याण्डलाई हराएको हो ।

लिग ए समूह ३ को खेलमा इटाली र जर्मनीले १–१ गोलको बराबरी खेलेका छन् । इटालीका लागि ७० औं मिनेटमा लोरेन्जो पेल्लेग्रिनीले गोल गरे भने जर्मनीका जोसुआ किमिचीले ७३ औं मिनेटमा बराबरी गोल फर्काए ।

अन्य खेलमा मोन्टेनेग्रोले रोमानियालाई २–० ले, टर्किएले फारोइ आइल्याण्डलाई ४–० ले हरायो । 

यसअघि अप्रत्याशित नतिजा भोग्ने क्रममा फ्रान्स डेनमार्कसँग २–१ ले तथा क्रोएसिया अष्ट्रियासँग ३–० ले पराजित भएको थियो । 

त्यस्तै नेदरल्याण्ड्सले बेल्जियमलाई ४–१ ले हराएको थियो । त्यस्तै स्वीट्जरल्याण्ड चेक गणतन्त्रसँग २–१ ले हार्दा स्पेन र पोर्चुगलले १–१ को बराबरी खेलेका थिए ।  
 



नयाँ