- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईलाई पितृशोक परेको छ । उनका पिता थिरप्रसाद बजगाईको आइतबार बिहान उपचारका क्रममा निधन भएको हो ।
८१ वर्षको उमेरमा उनको बिहान ६ः३० बजे ह्याम्स अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ । बजगाई लामो समयदेखि अर्बूद तथा फोक्सो सम्बन्धी रोगबाट पीडित थिए ।
बजगाईको बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । बजगाई नेपालको परिवर्तित आन्दोलनमा नेपाली कांग्रेसका तर्फबाट अग्रभूमिकामै रहेर सक्रिय हुने गरेका थिए ।
उनी समाजसेवामा पनि उत्तिकै सक्रिय रहेका थिए । थिरप्रसादका राजेन्द्र र नवराज गरी दुई छोरा छन् ।