arrow

डाटा ट्रान्समिसन गर्न अप्टिकल फाइबरमा जापानीकाे क्रान्ति, इन्टरनेटको स्पिड करोडौं गुणा बढ्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
optical-fibre-data-speed.jpg

काठमाडौं। तपाईं संसारको जुनसुकै ठाउँमा बसेर आफ्नो घरमा तीव्र ब्रोडब्यान्डको आनन्द लिइरहनुभएको छ भने पनि डाटा ट्रान्समिसनको नयाँ कीर्तिमानी गतिको तुलनामा तपाई अझैं निकै-निकै पछाडि नै हुनुहुन्छ । डाटा ट्रान्समिसनको यो नयाँ गति हो १.०२ पेटाबिट्स ।

यो स्पिड प्रति सेकेण्ड १९ लाख गिगाबिट भन्दा बढी हाे । जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (एनआईसीटी) को टोलीले ५१.७ किलोमिटर (३२ माइल) काे दूरीमा डाटा प्रशारण गरेर यो नयाँ रेकर्ड बनाएको हो ।

यसलाई अर्को तरिकामा भन्नुपर्दा ८ के रेजाेलुसनकाे एक भिडियो फिड वा एक सय भिडियो फिड मात्र नभएर एकै साथ ८ के रेजाेलुसनकाे १ करोड बढी भिडियो  प्रसारण गर्न पर्याप्त ब्यान्डविथ उपलब्ध रहेकाे छ भन्ने हाे ।

नयाँ डाटा ट्रान्समिसन स्पीड रेकर्डको रोमाञ्चक पक्षमध्येको एक प्रमुख के हो भने, अन्वेषकहरूले यो डाटा ट्रान्समिसन गती इन्टरनेट पूर्वाधारका लागि हाल प्रयोग भइरहेकै अप्टिकल फाइबर नेटवर्क प्रयोग गरेर हासिल गरेका हुन्। 

यसको अर्थ भनेको भोलिका दिनमा सजिलैसँग तीव्र गतिको ट्रान्समिसनका लागि सजिलै  पूर्वाधार अपग्रेड गर्न सकिनेछ । 

करिब एक वर्ष पहिले यसै संस्थानका अनुसन्धानकर्ताहरूले प्रविधिको द्रूत विकासलाई देखाउँदै अहिले फेला पारेको एक तिहाइ गति प्राप्त गरेका थिए ।

यो परीक्षणका क्रममा ०.१२५ मिलिमिटर व्यासको मल्टि कोर फाइबर (एमसीएफ) र वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ (डब्लूडीएम)को प्रयोग गरिएको थियो । यसले एकै लाइनबाट विभिन्न वेभलेन्थका सिग्नलहरु एकै साथ क्रमबद्ध रुपमा पठाउन सकिने देखाएको हो । यो एकै लाइनमा ८०१ समानान्तर वेभलेन्थ च्यानलहरु प्याक गरिएको थियो ।

अर्को आविष्कार भनेको केबलको साइज अप्टिकल फाइबर लाइनकै राखेर एक नभएर चार कोरको तार प्रयोग गरी डाटा प्रशारणका लागि चार मार्गहरु बनाउन सकिने भएको छ । अन्वेषकहरूले सिग्नल बुस्टिङ र डिकोडिङ जस्ता अन्य विभिन्न प्रविधिहरू पनि प्रयोग गरेका छन् ।

यो विशेष प्रयोगमा त्यहाँ दूरी र गतिबीच सन्तुलन भने कायम गरिएको थियो । अन्यथा लामो दूरीमा उच्च गति कायम गर्न कठिन हुने गर्छ। 

अन्वेषकहरुको टोलीले आफ्नो भविष्यको अनुसन्धानमा प्रसारण गति र प्रसारण दूरी दुवै सुधार गर्न जारी राख्ने योजना बताएका छन् ।

अन्वेषकहरूको यसै समूहले २०२० को डिसेम्बरमा पेटाबिट माइलस्टोन हासिल गरेको भए पनि त्यतिबेला निकै जटिल टेक्नोलोजी प्रयोग गरेका थिए । यद्यपि अहिले भने पहिले नै अवस्थित पूर्वाधारमै काम गर्नसक्ने प्रविधिको तीव्र गति हात पारेका हुन् ।

५ जीले संसारभरि रोल आउट भइरहेका बेला सधै अन, उच्च स्पीड इन्टरनेट जडानमा जोडिएका ग्याजेटहरूको भविष्यका लागि यसले राम्रो संकेत गरेको छ ।

'५जी भन्दा बाहिर नयाँ सूचना र सञ्चार सेवाहरूबाट डाटा ट्राफिकमा विस्फोटक वृद्धि हुने देखिएको छ र त्यसैले नयाँ फाइबरहरूले यो मागलाई कसरी पूरा गर्न सक्छन् भनेर देखाउन सक्नु महत्वपूर्ण छ,' जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (एनआईसीटी) ले विज्ञप्तिमा भनेको छ ।

'यो परिणामले ब्यान्डविथका भोका नयाँ सेवाहरूलाई समर्थन गर्न सक्षम नयाँ संचार प्रणालीहरूको प्राप्तिमा मद्दत गर्ने आशा छ,' विज्ञप्तीमा अघि भनिएको छ । यो अनुसन्धान लेजर एण्ड इलेक्ट्रो अप्टिक्स (सीएलईओ) अन्तर्राष्ट्रिय सम्मेलन २०२२मा प्रस्तुत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ