arrow

एकल महिलालाई करणी गरेको आरोपमा दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
women-raped-victime.jpg

दार्चुला । दार्चुलामा एकल महिलालाई करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । लेकम गाउँपालिका-४ का ४५ वर्षीय हरि सिंह धामी र शैल्यशिखर नगरपालिका-९ बस्कोटका ३३ वर्षीय रमेश सिंह साउँदलाई करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए । 

धामी र कार्कीले एकल महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । 

महिलामाथि यही जेठ १७ गते नातामा देवर पर्ने धामीले आफ्नै घरमा करणी गरेको र जेठ १८ गते पनि करणीको प्रयास गरेको बताइएको छ । यस्तै उनै महिला ‘भदैनी’ को घर गएको बेला शैल्यशिखर नगरपालिका-९ बस्कोटका साउँदले जेठ १९ गते जबरजस्ती करणी गरेको पीडित महिलाको जाहेरी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ