arrow

नेकपा एसका मन्त्रीहरु फिर्ता बोलाइँदै, नयाँ मन्त्रीको नाम प्रधानमन्त्री देउवाको हातमा  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
ncp-united-socialist-party-office.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना भएका चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम पठाएको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएपछि उनीहरुलाई फिर्ता बोलाएर सबै नयाँ टिम पठाइएको हो । 

पुरानालाई फिर्ता बोलाएर नयाँलाई मौका दिइने भएसँगै त्यसको जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिइएको थियो । नेपालले सबै नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् । 

एकीकृत समाजवादीबाट मन्त्रिपरिषदमा एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् । नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने नयाँ अनुहारमा जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी र हीराचन्द्र केसी रहेका छन् । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने सोही मन्त्रालयमा स्वास्थ्य मन्त्री दिन लागिएको स्रोतले बताएको छ । 

अन्य मन्त्रीमा पर्यटनमा जीवनराम, शहरी विकासमा मेटमणि र श्रममा शेरबहादुर बन्नेछन् । हीराचन्द्रलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिन लागिएको छ । 

अहिले नेकपा एसबाट शहरी विकासमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम घले, स्वास्थ्यमा विरोध खतिवडा र श्रममन्त्रीमा किसान श्रेष्ठ रहेका छन् ।

गत चैतमा भने पार्टी अध्यक्ष नेपालले मन्त्रीहरु फिर्ता नआउने बताएका थिए । तर अहिले आएर अपर्झट चार मन्त्री फिर्ता बोलाउन लागिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ