arrow

खप्तड शैलेश्वरी म्याराथन हुने 

logo
प्रकाश बम,
प्रकाशित २०७९ जेठ २२ आइतबार
sileshor-marathon.jpg

डोटी । गङ्गा दशहरा मेलाका अवसरमा ‘‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’’ का प्रतियोगिता हुने भएको छ । आइतबार दिपायलमा संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै गङ्गा दशहरा मेलाका अवसरमा खप्तड शैलेश्वरी म्याराथन,भलिबलका साथै डेउडा प्रतियोगिता कार्यक्रम हुने आयोजकले सार्वजनिक गरेको हो । 

उद्योग वाणिज्य सँग ,श्री नम्बर ५ बाहिनी अड्डा राजपुर, भैरव प्रसाद गण, सिलगढीको संयुक्त आयोजनामा यही जेठ २४ गतेदेखि २८ गतेसम्म कार्यक्रम गरिने डोटी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष खेम भण्डारीले बताए ।

खप्तडको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व दर्शाउने हेतुले सुदूरपश्चिमको पर्यटन प्रवर्धनलाई ध्यानमा राखी व्यापक प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनमा थप टेवा पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भैरव प्रसाद गण सिलगढीका प्रमुख सेनानी जनमत कार्कीले बताए । उनले भने ,‘ पहिलो पटक खप्तडमा म्याराथन हुँदै छ । सबै सहयोगी मनहरूलाई सहयोग गरिदिन अपिल गरे ।’

 गङ्गा दशहरा मेलाका अवसरमा भलिबल प्रतियोगिता, डेउडा प्रतियोगिता र योग शिविरसमेत सञ्चालन गरिने भैरव प्रसाद गण सिलगढीका प्रमुख सेनानी जनमत किर्किले बताए । खप्तडमा योग तथा ध्यान शिविरको लागि गुरु डा. चिन्तामणि योगीलाई आमन्त्रण गरिएको उनले बताए । 

डोटी उद्योग वाणिज्य सङ्घले विगतमा विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूको सहयोगमा खप्तडको पर्यटन प्रवर्द्धनमा लागि भलिबल, डेउडा गीत लगायतका प्रतियोगिता गर्दै आएको डोटीका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए । यस वर्ष म्याराथन ,योग शिविर लगायतका नयाँ कार्यक्रम भएकाले सहयोग गर्न सवैमा अनुरोध गरे ।

  म्याराथन ,भलिबल, डेउडा प्रतियोगिताका विजेताहरूका लागि आकर्षित पुरस्कारको राशि छुटाइएको वरिष्ठ उपाध्यक्ष भण्डारीले बताए ।

खप्तडको त्रिवेणीदेखि सिलगढी शैलेश्वरी मन्दिरसम्म ३२ किमी को दूरी पार गर्ने हिसाबले तय गरिएको म्याराथनमा ४० जना धावकहरू सहभागी हुने भएका छन् । जसमा २० जना पश्चिम कमाण्डमा कार्यरत नेपाली सेनाका धावकहरू छन् भने २० जना सिभिल धावकहरू छन्। ती सिभिल धावकहरू पनि सुदूरपश्चिमका नौ वटै जिल्लाबाट २÷२ जना गरी १८ जना र मध्यवर्ती क्षेत्र विकास समितिबाट २ जना गरी २० जना रहेका छन्। 

दोस्रो खण्डको रन फर फन म्याराथन पनि रहेको छ । उक्त म्याराथन खप्तडको त्रिवेणी देखि झिग्राानासम्म तोकिएको छ। उक्त म्याराथनको दुरी १६ किमी रहेको छ । म्याराथनमा प्रथम, दोस्रो र तेस्रो हुनेहरूको लागि पुरस्कारको राशि क्रमशः १ लाख, ७५ हजार, ५० हजार राखिएको छ।

त्यस्तै ५ जनालाई १० हजारका दरले सान्त्वना पुरस्कार दिइने छ भने म्याराथन दौड पुरा गर्ने अन्य ३२ जनालाई प्रोत्साहन स्वरूप ३ हजारका दरले रकम उपलब्ध गराइने समेत व्यवस्था गरिएको छ। त्यस्तै भलिबल र डेउडा प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरूलाई क्रमशः २५ हजार १५ हजार र १० हजार उपलब्ध गराइने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ