- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरूले भोलि शपथ लिने भएका छन्। एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाएको छ । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने छिन् ।
आइतबार बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेरको विषयमा छलफल भएको थियो । मन्त्री हेरफेर गर्ने निर्णय गर्दै मन्त्रीको टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिइएको थियो । नेपालले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई पठाइसेका छन् ।
पार्टीले वर्तमान स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेको छ । त्यस्तै जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि सिफारिस गरेको छ । हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरेको छ ।
समाजवादीले वर्तमान पर्यटनमन्त्री प्रेम आले , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमार झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको छ ।