arrow

संसदमा सांसदका कुरा

सांसद चौधरीले भनिन्- मन मिले लभ, नमिले बलात्कार

स्वार्थ पूरा नभएपछि पल शाहलाई फसाइयो, पूर्व सभामुखको काण्ड पनि हामीले देखेका छौं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
ganga-chaudary.jpg

काठमाडौं ।  सांसद गंगा चौधरी ‘सत्गौवा’ ले  स्वार्थ पुरा नभएपछि पल शाह काण्ड भएको बताएकी छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले सबेलाई अपनत्व हुने गरेर कानुन संशोधन गर्नुपर्ने बताइन् । 

संसदमा चौधरीले भनिन् ,' पल शाह र सुस्मिताको काण्ड हेर्नुस् । जबसम्म मन मिल्यो तब सम्म यसलाई लभको संज्ञा दिने, त्यसपछि आफ्नो स्वार्थ पुरा भएन भने उसलाई बलात्कारको संज्ञा दिने  ।'

उनले पूर्व सभामुख कृष्ण बहादुर महराको बलात्कार काण्डको पनि उल्लेख गरिन् । उनले भनिन् ,' यस भन्दा पनि अघि सम्मानित सदनमा बसेका पूर्व सभामुखको घटना पनि हामीले हेरेका छौ ।  जबसम्म स्वार्थ मिल्यो तब सम्म कोही कसैलाई पत्तो थिएन । जब स्वार्थ मिलेन त्यो ठाउँमा बलात्कारको संज्ञा दिएर वहाँलाई ६-६ महिना सम्म जेलमा कोचियो । यो कुरा हामीले भुल्न हुँदैन ।' 

उनले कानुन समान बनाउनुपर्ने बताइन् । उनले भनिन्,' कानुनको कार्यान्वयन गर्ने सन्दर्भमा फितलो भए समस्या हुन्छ ।  संसद भनेको समग्र नेपालीको अवस्था हेरेर कानुनको निर्माण गर्नुपर्छ ।  यदि हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ ।  अनि न्याय कसरी पाउँछन् । केही स्थानमा पुरुष पनि पीडित छन् हामीले कानुनमा त्यसको व्यवस्था गरेर पनि  जानुपर्छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ