arrow

पानीमा ग्राहकलाई प्रतियुनिट पाँच रुपैयाँ छुट  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
watar-doti.jpg

डोटी । पानी दिवसका अवसरमा ग्राहकलाई प्रति युनियन पाँच रुपैयाँ छुट दिने घोषण गरिएको छ। राष्ट्रिय पानी दिवसमा  अवसरमा सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समिति डोटीले छुट गर्ने घोषणा गरेको हो।  

खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै छुट गरिएको समितिका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिए । राष्ट्रिय पानी दिवस तथा वातावरण दिवस अवसरमा नाचन्थलीदेखि शैलेश्वरी मन्दिर परिसरसम्म बजार सफाइ गरी दिवस मनाइएको छ।

दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बोल्दै दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजी सिं खड्का `विजय´ले खानेपानी व्यवस्थापनका लागि नगरपालिकाले सक्दो काम गर्ने प्रतिबद्धता जनाए ।

पानी मानव जीवनका लागी अति आवश्यक भएको बताउँदै पानीको श्रोतको मुहान संरक्षण र सरसफाइका साथै निर्माणाधीन गैरागाउँ-सिलगढी बृहत् खानेपानी योजनालाई छिटो पूरा गर्ने बताए ।

त्यस्तै दिपायल सिलगढी नगरपालिका उप-प्रमुख कल्पना साउँदले दिवसका अवसरमा खानेपानी मानव जीवनका लागी महत्त्वपूर्ण रहेको बताउँदै सबैको घर घरमा खानेपानी सहजताका लागि लाग्ने बताइन् ।

यसै गरी दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले स्वच्छ खानेपानी पिउनाले मानिसमा झण्डै ८० प्रतिशत रोगहरू नलाग्ने अध्ययनले देखाएको हुँदा सबैले यसमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

खानेपानी उपभोक्ता तथा सरसफाइ समिति अन्तर्गत ८ सय पैँतिस उपभोक्ताहरू रहेका छन् । सरसफाइ कार्यक्रममा नेपाल प्रहरी , जनप्रतिनिधि , पत्रकार ,उपभोक्ता समितिका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ