arrow

भण्डारखाल र शिवपुरी बाबाको समाधि स्थल वरपर वृक्षारोपण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
treeplant-manav-final.jpg

काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले वृक्षारोपण कार्यक्रम गरेको छ । समितिले काठमाडौं, गौशालाको भण्डारखाल क्षेत्र भित्र र तिलगंगा नजिक शिवपुरी बाबा समाधि स्थल वरपर वृक्षारोपण गरेको हो । 

नेपाल मानव धर्म सेवा समिति बागमती प्रदेश प्रमुख लता बाईजी, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा तथा काठमाडौं महानगरपालिका वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले संयुक्त रूपमा वृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

समितिले झण्डै डेढ सय बिरुवा रोपेको छ । पृथ्वी सबैको साझा हो, यसलाई सबै मिलेर जोगाउनुपर्छ भन्ने भावनाका साथ वृक्षारोपण गरिएको महात्मा लता वाईजीले बताइन् । वातावरण सफा राख्न हामी सबैले अरूको मुख नताकी आफ्नो तर्फबाट नै प्रयास गर्नुपर्नेमा उनले जोड दिइन् । 

त्यस्तै नव निर्वाचित अध्यक्षले वृक्षारोपण जस्तो महान् काममा आफू पनि सरिक हुन पाउँदा खुसी लागेको र यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने बताए । 

नेपाल मानव धर्म सेवा समितिले आध्यात्मिक चेतना जगाउने कार्यक्रमका साथै विभिन्न सामाजिक कार्य गदै आइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ