- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने भएको छ । हिजो एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा नियुक्ति गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम पठाएको थियो ।
तर हालको अवस्थामा मन्त्री हेरफेर गर्नु ठिक नहुने प्रधानमन्त्री देउवाले बताएपछि नयाँ मन्त्री नियुक्तिको प्रक्रिया रोकिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सोमवार प्रधानमन्त्री देउवाले उक्त कुरा राखेका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई पठाएका थिए । पार्टीले वर्तमान स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्री, त्यस्तै जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरेको थियो ।
यो निर्णयसँगै समाजवादीबाट वर्तमान पर्यटन मन्त्री प्रेम आले , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमार झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले नै निरन्तरता पाउने भएका छन् ।