arrow

खर्च कटौतीको प्रस्ताव संसदमा दर्ता  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
parliament1.png

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् । प्रतिनिधि सभामा उनले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । 

उनले सोमबार विनियोजन विधेयक २०७९ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गरेका हुन् । ‘विगत आर्थिक वर्षहरुदेखि खरिद प्रक्रिया सम्पन्न गरी निरन्तर रुपमा निर्माण हुँदै आइरहेको अत्यन्तै महत्व राख्ने वैकल्पिक सहायक राजमार्गहरुमा आवश्यकताबमोजिम रकम विनियोजन नगरिएका र विस्तृत अध्ययन अनुसन्धानविना वैकल्पिक सहायक राजमार्ग संख्या थप गरिएको कारण निर्माण कार्य सम्पन्न हुन नसक्ने देखिएकोले उक्त शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कामय गरियोस्,’ प्रस्तावमा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ