arrow

सभामुखलाई कार्यक्रमको पुस्तिका पाइएन भनेपछि...

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
agni-sapakota-speaker1.jpg

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका कार्यक्रम समेटिएको पुस्तक तत्काल उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले मन्त्रालयगत कार्यक्रमको पुस्तिका प्राप्त नभएको भनी सभामुखको ध्यानकर्षण गराएका थिए । 

सांसदहरुले नै पटक पटक सो विषयमा चासो राख्दै प्रश्न गरेपछि सभामुखले सम्बन्धित मन्त्रालय र सरकारलाई तत्काल कार्यक्रम समेटिएको पुस्तक उपलब्ध गराउन निर्देशन दिएका हुन् । 

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल प्रारम्भ भएको छ । सोही क्रममा आज कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकूद, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल भएको थियो । मन्त्रालयगत छलफल तीन दिनसम्म जारी रहनेछ । 

यस्तै मङ्गलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २४ गते बिहान ११:३० बजे बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ