arrow

नेकपा एसका नेता चौधरीको सडक दुर्घटनामा परी निधन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
NCP-united-socialist-madhav-nepal.jpg

राजविराज । सप्तरीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा नेकपा (एकीकृत समाजवादी) का नेता रामनारायण चौधरीको निधन भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स१०प ४६११ नंको स्कुटरलाई  ना ६ख ६३९९ नंको ट्रकले ठक्कर दिएको थियो । 

ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । सुरुङ्गा नगरपालिका निवासी ६८ वर्षीय चौधरी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट सुरुङ्गा नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार बनेका थिए । उनी पार्टीको जिल्ला कमिटी सदस्यसमेत थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ