arrow

मैत्रिपूर्ण खेलमा ब्रजिलले जापानलाई हरायो, नेयमारको गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
brazil-japan-football-20222.jpg

काठमाडौं । स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्रजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १–० ले पराजित गरेको छ ।

सोमबार टोक्योस्थित जापान नेसनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले ७७ औं मिनेटमा पेनाल्टीमा गोल गरे । यसै वर्ष कतारमा हुने विश्वकपअघि दुई देशले मैत्रीपूर्ण खेल खेलेका हुन् । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा जापानले अर्को दक्षिण अमेरिकी प्रतिद्वन्दी पाराग्वेमाथि ४–१ को सहज जित निकालेको थियो ।

ब्राजिलले पनि पहिलो खेलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई ५–१ ले पराजित गरेको थियो ।

जापानले हालसम्म ब्राजिललाई हराउन सकेको छैन । यी दुई टिमबीच भएको पछिल्लो १३ खेलमा ब्राजिलले ११ खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको थियो ।

अन्य मैत्रिपूर्ण खेलमा अमेरिका र उरुग्वे तथा मेक्सिको र इक्वेडरले गोलरहित बराबरी खेलेका छन् । 

दक्षिण कोरियाले चिलीलाई २–० ले हरायो भने अल्जेरियाले नाइजरलाई १–० ले हरायो । 
 



नयाँ