- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा साविक विजेता फ्रान्स मुस्किलमा परेको छ । पहिलो खेलमा डेनमार्कसँग २–१ ले पराजित भएको फ्रान्सले दोस्रो खेलमा क्रोएसियासँग बराबरी खेलेपछि अगाडिको यात्रा मुस्किलमा परेको हो ।
सोमबार राति भएको खेलमा फ्रान्सले क्रोएसियासँग १–१ गोलको बराबरी खेलेको हो । फ्रान्सले शुरुआती अग्रता जोगाउन नसक्दा बराबरी खेलेको हो ।
खेलको ५२ औं मिनेटमा एड्रिन राबीओटले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर खेलको ८३ औं मिनेटमा एन्द्रेज क्रामारिचले पेनाल्टीबाट गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याए ।
यो खेलले विश्वकप २०१८ को झल्को दिएको थियो । त्यो विश्वकपमा फ्रान्सले क्रोएसियालाई हराएको थियो ।
यो बराबरीसँगै लिग ए समूह १ को फ्रान्सले २ खेलमा १ अंक जोडेको छ । फ्रान्स समूहको तेस्रो स्थान रहेको छ ।
क्रोएसिया २ खेल १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
अब फ्रान्सले अष्ट्रियासँग खेल्नेछ । समूहमा डेनमार्क ६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने अष्ट्रिया ३ अंकसहित दोस्रो स्थानमा छ ।
अन्य खेलको नतिजा–
आइसल्याण्ड १–१ अल्बेनिया ।
बेलारुस ०–० अजरबैजान ।
स्लोभाकिया ०–१ काजखस्तान ।
एन्डोरा ०–० मोल्डोभा ।