arrow

आफ्नै १६ वर्षे छोरीलाई करणी गरेकाे आरोपमा ४५ वर्षे बाबु पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
Arrest-Crime.jpg

लमजुङ । प्रहरीले आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राइनासबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बालिकाले नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बाबुलाई पक्राउ गरिएको जानकारी दिए । 

आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको रेग्मीले बताए । 

प्रहरीका अनुसार ४५ वर्षीय बाबुले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जबर्जस्ती करणी गरेको आरोप लागेको छ । प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनावका बेला र चुनावपछि समेत गरी आफूलाई दुईपटक करणी गरेको पीडितले बयान दिएकी छन् ।

 प्रारम्भिक बयानकै क्रममा उनले दुईपटकसम्म करणी गरेको स्वीकार गरेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ