arrow

बर्दियाको मधुवन घटना

संसद्‌मा गृहमन्त्रीले भने- सीडीयोलाई गोली चलाउने आदेश दिएको छैन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २४ मंगलबार
balkrishna-khand.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बर्दिया घटनामा सरकारले गोली प्रहार गर्ने कुनै आदेश नदिएको बताएका छन् । प्रतिनिधि सभामा बर्दियाको मधुवन नगरपालिका-२ को घटनाका विषयमा बोल्दै गृहमन्त्रीले आज यस्तो बताएका हुन् । 

त्यहाँको प्रमुख जिल्ला अधिकारी (सिडियो) लाई गोली चलाउने आदेश नदिएको धारणा उनले राखे ।  भिड नियन्त्रण गर्ने क्रममा प्रहार गरेको गोलीले गर्दा नबिना चौधरीको निधन भएको भन्दै उनले दुख व्यक्त गरे।

उनले भने,' त्यहाँको प्रमुख जिल्ला अधिकारीलाई गोली चलाउने आदेश दिएको छैन। नागरिकहरूको यस्तो अवरोध, भिडहरूमा गोली चलाउने आदेश छदै छैन। म यो रोष्टमबाट भन्न चाहन्छु। गृह मन्त्रालयको निर्देशन, सम्झाई बुझाई गर्ने, अरू सर्वपक्षीय, सर्वदलीय बैठक बसेर समस्यालाई समाधान गर्ने र कम भन्दा कम शक्ति प्रहर गर्न। गोली प्रहर गर्ने आदेश नै छैन। तर त्यहाँ सिडिओले पनि स्थानीय तहमा पनि आदेश दिएको छैन भन्नु हुन्छ तर त्यहाँ गोली चलेर एक जनाको मृत्यु भएको छ।' 

आज गृह मन्त्रालय उक्त घटनाको छानबिन गर्न मन्त्रालयको सह सचिव हरि घिमिरेको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालय, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र गृह मन्त्रालय गरि ५ सदस्यीय छानबिन समिति बनाइएको गृहमन्त्रीले बताए । 

यो समितिले दिएको रिपोर्ट अनुसार त्यहाँ भएका गल्ती कमजोरीका अनुसार कारबाही गर्ने उनले प्रतिबद्धता जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ