arrow

अछाम घटना

विनोद शाहीको शव नउठेपछि सभामुखले सरकारलाई दिए निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
agni-sapakota-speaker1.jpg

काठमाडौं ।  अछाम घटनाको सत्य तथ्य पत्ता लगाइ दोषी माथि कारबाही गर्न सभामुखले सरकारलाई निर्देशन दिएका छन्  । प्रतिनिधि सभामा  सांसद यज्ञ बहादुर बोगटीले  विशेष समय लिएर पीडित पक्षले जाहेरी दर्ता गर्ने पक्षमा अघि बडेको र जाहेरी दर्ता गर्न शवको पोष्ट मार्टम गरियोस् भनेर ध्यानाकर्षण गराएका थिए । 

अछाम पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का विनोद शाहीको हत्या भएको ९ दिन पुगेको छ । विनोद शाहीको हत्या पछि  बोगटीले पहिले पनि विशेष समय लिएर कुरा राखेका थिए ।  मङ्गलवारको सदनमा गृहमन्त्री बलाकृष्ण खाँणले न्यायिक रूपमा छानबिन हुनेछ भनेर उत्तर दिएका थिए । 

बोगटीले भने,' हत्यारालाई कर्बाही हुनेछ । जाहेरी दर्ता गर्ने भन्नुभयो तर आज पनि जाहेरी दर्ता भएको छैन ।  आज पनि शव जुन ठाउँमा घटना घटेको छ त्यही ठाउँमा कुहिएर बसेको अवस्था छ । त्यो उठाउन सकिरहेको छैन ।  गृहमन्त्री ज्यू गृहको निर्देशन जिल्ला प्रशासनमा गयो कि गएन । गएर पनि जिप्रकाले तपाईँको आदेश नमानेको हो कि ।  यो सदनलाई जवाफ चाहिन्छ । त्यो मुद्दामा राजनीतिको रङ्ग देखेर दर्ता भइरहेको छैन । विद्यार्थी मारिदा जो सुकै नेपाली मारिदा राजनीति आवरण गर्नु हुँदैन भन्ने म  भन्दछु । मेरो स्थानको जनता मारिदा मलाई पिडा भएको छ । '  

उनले  अछामी जनताको आग्रह  प्रशासनले नटरेको बताए ।,' प्रशासनले हत्यारालाई कारबाही गर्ने प्रक्रियामा अगाडि बढेको छैन । मुद्दा दर्ता गरेको छैन शवको पोष्मार्टम गरेको छैन ।' 

सभामुख सापकोटाले सरकारलाई निर्देश दिँदै भने,' माननीय सदस्यले उठाउने भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । घटनाको सत्य तथ्य पत्ता लगाइ दोषी माथि कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देश गर्दछु ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ