arrow

काठमाडौंको फोहर तत्काल उठाउन सरकारसँग एमालेको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
krishna-gopal-shrestha.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी काठमाडौंको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले लामो समयदेखि काठमाडौंमा दुर्गन्ध र फोहरले राजधानीवासी आजित भइसकेको भन्दै तत्काल समाधान खोज्न आग्रह गरे । 

उनले भने, “काठमाडौंको कुनै सडक, गल्लीको फोहर उठेको छैन । जताततै फोहरको डङ्गुर बनिसक्यो, त्यसैले तत्काल फोहर उठ्नुपर्छ र समस्या समाधान हुनुपर्छ ।”

सांसद श्रेष्ठले सिसडोल र बञ्चरे डाँडाका जनप्रतिनिधिबीच सहमति भए पनि फोहर फाल्न नदिने प्रवृत्ति दोहोरिएको भन्दै त्यहाँका जनताको माग सम्बोधन गर्न माग गरे । उनले फोहर नउठे अब काठमाडौंका जनता चुप लागेर नबस्ने भन्दै फोहर व्यवस्थाापनका लागि बल प्रयोग गरेर नभई सहमति र समझदारीका साथ समाधान खोजिनुपर्नेमा जोड दिए । 

सांसद श्रेष्ठले काठमाडौंको फोहर नउठेको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै तत्काल फोहर उठ्छ कि उठ्दैन सभामुखमार्फत रुलिङ गर्न माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ