arrow

लालबाबुले सोधे- अब तुइन कसले विस्थापित गर्छ ?

सामान्य प्रशासन मन्त्रालयको बजेट माथि लालबाबुको विरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
lalbabu1.jpg

काठमाडौं । एमाले सांसद लालबाबु पण्डितले अब तुइन कसले विस्थापित गर्छ भनी प्रश्न गरेका छन् । खर्च कटौतीका प्रस्तावक पण्डितले बुधवारको सदनमा बोल्दै महाकाली नदी लगायतका नदिमा रहेको तुइन गाउँपालिकाले विस्थापन गर्ने हो भनेर सरकारलाई सोधेका छन् । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजित बजेटलाई लिएर विरोध स्वरूप पण्डितले खर्च कटौतीको प्रस्ताव राखेका छन् । 

पूर्व प्रशासन मन्त्री समेत रहेका उनले भने,' मन्त्रालयले देखको सम्पूर्ण क्षेत्रसँग जोडिएर कार्य गर्ने स्थानीय पूर्वाधार विकास विभागलाई खारेज गर्‍यो । विभाग प्रत्येक स्थानीय तहमा सडक सञ्जाल पुर्‍याउने पुल निर्माण गर्ने तुइन विस्थापन गर्ने झोलुंगेपुल बनाउने लगायतका काम गर्दै आएको थियो । अब कसले गर्छ ? महाकाली नदी लगायतका नदिमा रहेको तुइन गाउँपालिकाले विस्थापन गर्ने हो ? झोलुङ्गे पुल गाउँपालिकालाई बनाउन दिएको हो ? जिम्मेवारीबाट पन्छिएको किन ?

मन्त्रालयको बजेटलाई लिएर उनले विरोध स्वरूप खर्च कटौतीको प्रस्ताव राखेको बताए । उनले भने,' यो मन्त्रालय जिम्मेवारीबाट पन्छिन लागेको कारणले गर्दा खेरि मैले विरोध नगरी रहन सक्ने स्थिति भएन । अर्को तर्फ स्थानीय प्रशिक्षण प्रतिष्ठानलाई सङ्घको प्रतिष्ठानको रूपमा यही बजेटमा आएको छ । निजामती शिक्षण प्रतिष्ठान स्टाफ कलेज रूपमा छदै छ । अब फेरी सङ्घीय बनाएर माननीय ज्यूहरूलाई ट्रेनिङ दिन खोजेको हो । या के हो ?' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ