- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सांसद मोहनप्रसाद पाण्डेले राज्य नियन्त्रित सबै संस्थान संस्थाहरूका व्यवस्थापन फेलियर भएको बताएका छन् । आजको प्रतिनिधि सभामा बोल्दै उनले यस्तो भनेका हुन् ।
उनले भने,' विगत धेरै वर्ष देखि संसद्मा मलको आवाज उठिरहेको छ । तर कहिले कलको व्यवस्थापन हुँदैन । उत्पादन बढ्दैन । कृषिमा हामी आत्मा निर्भर हुँदैनौ । देशभरका परिवारलाई खान पुग्दैन । ३२ वर्षमा देशभरका परिवारलाई खान पुग्ने गरि हाम्रो कृषि तन्त्रलाई अघि बढाउन सकेनौ । अझै उद्योग धन्दा कलकारखाना बढाएर समृद्धि बन्ने धेरै टाढा छ ।'
उनले राज्य नियन्त्रित सबै संस्थान संस्थाहरूको व्यवस्थापन फेलियर भएको बताए । उनले भने,' कृषि मल आयात गर्ने संस्थाले मल आयात गर्न सक्दैन । धागो उत्पादन गर्नेले धागो उत्पादन गर्न सक्दैन पलायन भएर जान्छ । रबर गर्नेले रबर उत्पादन गर्न सक्दैन फेलियर भएर जान्छ । अब दूध विकास संस्थाले गुणस्तरीय दूध दिन सक्दैन फेलियर भएर जान्छ । मैले बुझेको जति बटा सरकार मुलुकमा बदलिए पनि चुरो कुरो कहाँ छ भने राज्य नियन्त्रित सबै संस्थानहरू सबै संस्थाहरू सबे समितिहरूको व्यवस्थापन फेलियर छ । व्यवस्थापन फेलियर भएको हुनाले त्यो संस्था फेलियर छ ।'
उनले राजनीतिक दलहरू भन्ला बाहिर विज्ञहरूलाई राखेर व्यवस्थापन फेलियर हुनुको मूल जरो के हो ? त्यो पत्ता लगाउनका लागि कार्यदल गठन गर्नुपर्ने बताए ।