- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कांग्रेस नेता मोहनप्रसाद पाण्डेले दूधको मूल्य बढाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो हुन् ।
उनले भने,' दूध उत्पादन कहिले कहिले भुईँमा पोखिएको छ । दूध विकास संस्थाले गुणस्तरी नरहेको दूध बेचिरहेको छ । गाउँमा उत्पादन भएको दूधको मूल्य बजारमा एक लिटर पानीको भन्दा ज्यादै कम छ । दूधको मूल्य बढाउनुपर्छ ।'
गाउँमा पशुपालन गरेका बाबाआमा छोराछोरीहरू काठमाडौंका सडकमा नआइदिन उनले आग्रह गरे । उनले भने,' म के आग्रह गर्छु भने गाउँमा पशुपालन गरेका बाबाआमा छोराछोरीहरू काठमाडौंका सडकमा दूधको मूल्य बढाउँदा सडकमा नआइदिन पर्यो । भैँसी पाल्ने बाउआमाका छोराछोरीहरू दूधको मूल्य बढाउँदा सडकमा आइदिने ? करौडौको सम्पत्ति हुने जो कृषिमा छैनन् उनीहरूले उचित मूल्य दिएर खानुपर्छ ।'
उनले पानीभन्दा दूधको मूल्य बढी हुनुपर्ने बताए । 'पानीको भन्दा दूधको मूल्य कम गराएर किसानको कहाँ उत्थान हुन्छ । पाँच तारे होटलमा पानीको मूल्य जति छ त्यसको दुई गुणा बढीमा दूध बेच्नुपर्छ ।'