arrow

फोहर लिएर गएका ट्रक फोहरसँगै फर्किए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
bancare-dada.jpg

काठमाडौं । बञ्चरेडाँडाका स्थानीय बासिन्दाले अवरोध गरेपछि फोहर लिएर गएका ट्रकहरू फर्किएका छन् । स्थानीयले बुधबार पनि फोहर फाल्न अवरोध गरेपछि ट्रकहरू फोहरसहित काठमाडौंतर्फ फर्किएका हुन् ।

उपत्यकाको बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्डसाइटमा उपयुक्त विधिअनुसार विसर्जन गर्ने प्रतिबद्धता जनाइएको थियो तर सरकारले आफ्ना यसअघिका मागहरू पुरा गर्नुपर्ने भन्दै उनीहरूले अवरोध गरेका हुन् ।  

काठमाडौँ महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच सोमबार फोहर व्यवस्थापन गर्ने सहमति भएको थियो । स्थानीय बासिन्दाले आफूहरूसँग सहमति नभएको भन्दै फोहर विसर्जन गर्न दिएका छैनन् । 
 



नयाँ