arrow

किसानको पिडा

'बाँझो खेत राख्ने किसानलाई कारबाही हुन्छ, मल नदिने मन्त्रीले के पाउलान् ?'

संसद गङ्गाले भनिन् -  मेरो बारीको भिण्डी १ रुपैयाँ किलोमा पनि बिकेन, क्षतिपूर्ति कसले दिन्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
ganga-chaudary.jpg

काठमाडौं ।  सांसद गङ्गा चौधरी ‘सत्गौवा’ ले 'बाँझो खेत राख्ने किसानलाई कारबाही हुने तर मल नदिने मन्त्रीले के पाउलान् होलान् भनी प्रश्न गरेकी छन् ।  प्रतिनिधि सभाको आजको बैठकमा उनले कृषि सम्बन्धी जानकारलाई मन्त्री बनाउनुपर्ने बताइन् । 

उनले भनिन्,' धान पहिले फल्छ की चामल पहिले फल्छ, थाहा नपाएका व्यक्तिलाई मन्त्री बनायो भने कस्तो बजेट आउँछ ? बाँझो खेत राखे कारबाही गरिन्छ भनिएको छ भने समयमा मल नदिने सरकारका मन्त्री तथा कृषि मन्त्रालयका कर्मचारीले कस्तो प्रकारका पुरस्कार पाउ छन् ?' 

उनले  उत्पादन गरेको तरकारीले उचित मूल्य नपाए कसले क्षतिपूर्ति दिन्छ भनेर प्रश्न गरिन् ।  उनले भनिन्,' मेरो १२ कट्ठामा भिण्डी थियो । मेरो भिण्डी १ रुपैयाँ किलो पनि बिक्री भएन  । त्यसको क्षतिपूर्ति कसले दिन्छ ? मेरो बारीमा लटारम्म तरकारी फलेको छ । ५ रुपैयाँले विकेको छैन । घाटा भयो त्यसको क्षतिपूर्ति कसले दिन्छ ?  संसद बिदा हुने बित्तिकै म धान रोप्न जाँदै छु । मेरो धानको बिउ रोप्ने बेला भइसक्यो तर मल पाएको छैन । मलको व्यवस्थापन सरकाले गरिदियोस् । 

उनले ३० प्रतिशत आय कसरी घट्छ भनी प्रश्न गरिन् । १९७५ सम्म नेपालले निर्यात गरेका थियो । उनले भनिन्,' आज भारतबाट किसानहरूले १-२ बोरा मल ल्याउँदा प्रहरीले डण्डा चलाउँछ । उद्योगी व्यवसायीहरू कमिसन खुवाएर मल ल्याउँछन् ।' 

उनले  हचुवाको भरमा यो गर्दछु त्यो गर्छु भन्न नहुने बताइन । किसानलाई पेन्सनको व्यवस्था होइन तिनीहरूले उत्पादन गरेको मूल्यको उचित व्यवस्था गर्न माग गरिन् । 



नयाँ