arrow

पर्सामा जसपाको एमालेसँग गठबन्धन छैन – अध्यक्ष यादव

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७९ जेठ २६ बिहिबार
ram-naresh-yadav-jasapa-parsa.jpg

वीरगञ्ज । जनता समाजवादी पार्टी जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवले शुक्रबार हुन गइरहेको जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमाले पर्सासँग कुनै गठबन्धन नभएको बताएका छन् । ‘पुजन होटलमा हामी हाम्रो निर्वाचित पाँच जनासँग बसेर छलफल गरिरहँदा अचानक एमालेका केही नेताहरु आउन थालेपछि आफू त्यहाँबाट उठेर हिंडेको भन्दै कहीं कोहीसँग लिखित वा मौखिक समझदारी नभएको भन्दै केन्द्रबाट लिखित परिपत्र पठाए बमोजिम गर्नुपर्ने अडानमा अहिले पनि कायम रहेको’ यादवले बताए । 

पार्टीभित्र कुनै ब्यक्तिलाई सिंगल हिरो बन्ने चाहना जागृत भएको र त्यो समस्या पर्सा एमालेभित्र पनि रहेकाले प्रतिगमन विरुद्ध गठबन्धन गरेर हामी लड्दै आएर जनताको बीचमा गई जीत हासिल गरेको कुरालाई आफूले नबिर्सेको जिल्ला अध्यक्ष यादवले बताए । 


बिहीबार बिहान हाम्राकुरासँग कुरा गर्दै अध्यक्ष यादवले हामीले पनि जित्नको लागि समन्वय समितिमा अध्यक्षको उम्मेद्वारी दिएको चर्चा गर्दै आफूले मत हाल्न कसैलाई  ह्वीप जारी नगर्ने बताए । 

नेकपा एमाले पर्साबीच पनि भुसको आगो जस्तै विवाद सल्किएको छ । नाम उल्लेख गर्न नचाहने एक केन्द्रीय सदस्यका अनुसार गणितीय हिसाबले जसपा भन्दा दोब्बर बढी संख्यामा रहेको एमाले पर्सामा सबैलाई माइनस गरेर केन्द्रीय सदस्य राजकुमार गुप्ता अगाडि बढ्दा समस्या उत्पन्न भएको बताएका छन् ।

पार्टीको कुनै आधिकारिक निकायमा छलफल नै नगरी गुप्ताले एक्लै जसपाका ‘वन म्यान हिरो’ सांसद प्रदीप यादवसँग सम्झौता गरी जिल्ला समन्वय समितिको सभापति जसपालाई दिएकोमा व्यापक असन्तुष्टि बढेको छ ।

शक्ति सन्तुलनको हिसाबले पर्साको १० वटा एमालेको मतमध्ये राजकुमारको हातमा तीन वटा मत रहेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ