arrow

गठबन्धनमा सहमति : दार्चुलामा समन्वय समिति प्रमुख कांग्रेसले पाउने, उपप्रमुख माओवादीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
darchula-jssa.jpg

दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाको प्रमुख नेपाली कांग्रेसले पाउने सहमति भएको छ । बिहीबार बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकले चुनावी तालमेलको सहमतिअनुसार समन्वय प्रमुख कांग्रेसलाई दिने सहमति गरेको हो । 

नेपाली कांग्रेसले पार्टी उपसभापतिसमेत रहेका महादेव बडू (कश्यप) लाई समन्वय समिति प्रमुखको उम्मेदवार उठाएको छ । गठबन्धनको बैठकको सहमति अनुसार प्रमुखसहित ३ सदस्य कांग्रेस र उपप्रमुखसहित ४ सदस्य नेकपा माओवादी केन्द्रले लिने सहमति भएको नेपाली कांग्रेस पार्टी सभापति ललित सिंह बोहराले जानकारी दिए ।

 स्थानीय तह निर्वाचन २०७९ का लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच चुनावी तालमेल भएको थियो । 
जिल्ला समन्वय समिति गठनका लागि कुनै दल सँग पनि स्पष्ट बहुमत नहुँदा गठबन्धन गर्नुपर्ने बाध्यता छ । 

नौ वटा स्थानीय तह रहेको दार्चुलामा समन्वय समितिका लागि १८ मतभार छ । जिल्लामा नेकपा माओवादी केन्द्रको ४ स्थानीय तह प्रमुख र दुई स्थानीय तह उपप्रमुखसहित ६ मतभार छ भने कांग्रेसको चार वटा स्थानीय तह उपप्रमुखसहित ४ मतभार छ । 

नेकपा एमालेको ५ स्थानीय तह प्रमुख र तीन स्थानीय तह उपप्रमुख सहित ८ मतभार रहेको छ । यसरी गठबन्धन दलको मतभार १० र नेकपा एमालेको मतभार ८ रहेको छ । 

समन्वय समितिको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार जेठ २९ गते उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ३० गते निर्वाचन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ