- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले निजी र सरकारी विद्यालयको पाठ्यक्रम समान हुनुपर्ने बताएकी छन् । बिहीबार सभामा बोल्दै उनले पाठ्यक्रम समान नहुँदा गरिब नागरिकले दुख पाएको बताइन् ।
उनले भनिन्,' नेपालमा दुई किसिमका पाठ्यक्रम छन् । निजी र सरकारी विद्यालयका समान पाठ्यक्रम हुन पर्यो । सबे सरकारी विद्यालयलाई नमुना विद्यालय बनाउन जरुरी छ । पहाडमा घण्टौँ लगाएर विद्यालय जानुपर्ने हुन्छ । बाल शिक्षा देखि उच्च शिक्षासम्मको भौतिक पूर्वाधारको विकास गर्नुपर्छ । शिक्षा मन्त्रालयले बसको पनि व्यवस्था गर्नुपर्ने हुन्छ ।'
उनले सन्तानलाई निजी विद्यालयमा पडाउने गरिबको चाहनाले तनाव बढाइरहेको बताइन् । उनले भनिन्,' हामी दुई खालका जनशक्ति उत्पादन गरिरहेका छौ । विवाहपछि सन्तानलाई सरकारी भन्दा पनि निजी विद्यालयमा पडाउने, आफ्नो सन्तानलाई राम्रो शिक्षा दिन मानसिक तनाव बढेको छ । पैसा कम छ, रोजगारी कम छ, आयस्रोत कम छ र बोर्डिङमा आफ्नो बच्चालाई पढाउँदै गर्दा मानसिक तनाव झेल्नुपर्ने अवस्था छ ।'