- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सांसद चित्रलेखा यादवले सार्वजनिक शिक्षाको गुणस्तर नबढेसम्म मुलुकको कायापलट नहुने बताएकी छन् । विनियोजन विधेयक माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, 'आज हामीले कुने मुद्दामा बहस गर्नु छ भने त्यो शिक्षा नै हो । शिक्षाविद्लाई राखेर व्यापक छलफल गर्न आवश्यक छ । यो हामीले गरेका छैनौ । हामीले शिक्षालाई प्राथमिकतामा राखेका छैनौ । जबसम्म सार्वजनिक शिक्षाको कायापलट हुन सक्दैन तबसम्म मुलुकको कायापलट हुन सक्दैन ।'
'सार्वजनिक विद्यालय र विद्यार्थीको सङ्ख्या हेरौँ कुनै पनि दृष्टिकोणले गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्ने माध्यमहरूको प्रभावकारिता अझ सम्म पनि अवलम्बन गर्न सकेको देखिँदैन ।'