arrow

ओमानविरुद्ध नेपाल फिल्डिङमा, पहिलो बलमै विकेट, तीन खेलाडीको डेब्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
nepal-oman-odi.jpg

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले ओमानविरुद्ध फिल्डिङ गरेको छ । बिहीबार राति अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट मैदानमा टस जितेसँगै ओमानका कप्तान जिशान मकसुदले ब्याटिङ रोजेका थिए । 

ओमानविरुद्धको खेलबाट तीन खेलाडीले डेब्यु गरेका छन् । सुनिल धमला, किशोर महतो र मोहम्मद अदिल आलमले एक दिवसीयमा औपचारिक रुपले डेब्यु गरेका हुन् । 

धमला सन् २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् । 

खेलको पहिलो बलमै नेपालले विकेट लिएको छ । करण केसीले पहिलो बलमै कश्यप प्रजापतिलाई आउट गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ